कर्पोरेट

कुमारी बैंकका ग्राहकलाई दृष्टि द भिजन आइ सेन्टरमा २०% सम्मको छुट

kumari bank

१८ असार, काठमाडौं । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि द भिजन आइ सेन्टर बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता–पत्र अनुसार दृष्टि द भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २०% सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि द भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस