समाचार

उदयपुरमा खोलाले बगाउँदा वृद्धको मृत्यु

bead body tag

१९ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर बेल्टार, मदनचोकका गुमशेर राईको मृत्यु भएको हो । बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो ।

घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल मृतावस्थामा शव फेला परेको र शवलाई अहिले परीक्षणका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *