मुख्य समाचार

कोरोना भाइरस : २३२८ संक्रमित थपिँदा ३०६६ जना संक्रमणमुक्त

Corona Kathmandu

१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *