समाचार

टिपर टहरोमा खस्दा च्यापिएर दुईको मृत्यु

bead body tag

१९ असार, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो । उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साइँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *