समाचार

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

pakrau

१९ असार, काठमाडौं । वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका अम्बिकालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *