खेलकुद समाचार

युक्रेनविरुद्ध इङल्यान्डको फराकिलो जीत

England v Ukraine

२० असार, काठमाडौं । ह्यारी केनले दुई गोल गरेको खेलमा इङल्यान्डले युक्रेनलाई ४–० ले हराएको छ । यस जीतसँगै इङल्यान्डले डेनमार्कसँगको सेमिफाइनल भिडन्त पक्का ग¥यो ।

केनले खेलको चौथो मिनेटमै इङल्यान्डलाई अग्रता दिलाएका थिए । इटलीको रोमस्थित ओलम्पिक रंगशालामा ह्यारी ४६ आंै मिनेटमा ह्यारी म्याग्युरले अर्को गोल थपे । केनले ५० औं मिनेटमा गोल गर्दै ३–० ले अघि बढाए ।

त्यसैगरी दोस्रो हाफमा वैकल्पिक खेलाडी रुपमा मैदान छिरेका जोर्डन हेन्डरसनले ६३ मिनेटमा गोल गरे ।

जारी प्रतियोगितामा इङल्यान्डले अहिलेसम्म कुनै गोल खाएको छैन । इङल्यान्डले २५ वर्षपछि युरोकपको सेमिफाइनल यात्रा गरेको हो । यसअघि १९९६ मा सेमिफाइनलमा जर्मनीले इङल्यान्डलाई हराएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस