
राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आठौं अधिवेशनको दोस्रो बैठक नयाँ बानेश्वरस्थित संसद् भवन दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यही असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यस दिन केही अध्यादेशहरू सभासमक्ष पेस गरिएको थियो । केही सदस्यहरुले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस