समाचार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

bike accident

२० असार, स्याङ्जा । स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गए राति चापाकोट नगरपालिका–१, गैरीथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । सोही ठाउँ बस्ने २७ वर्षीय राजु गैरेले ज्यान गुमाएका हुन् ।

राति करिब १० बजे चापाकोटबाट चौघेरातर्फ जाँदै गरेको गैरेले चलाएको लु२०प ३९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *