सुनचाँदी

नेपालीमा बजारमा बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

gold shop

२० असार, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *