
२० असार, काठमाडौं । काठमाडौंमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
जिल्लाको टोखा नगरपालिका-९ दीपज्योतिमा बा२क ३४६६ नम्बरको टिप्परले शनिबार राति करिब पौने ११ बजे प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटर चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षीय सन्तोष अधिकारी र २२ वर्षीय दिपेश थापा रहेका छन् । दुबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई प्रहरीले नियनत्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस