विश्व/प्रवास

एनआरएनए जापानमा गुरुङको उम्मेदवारी

nrna japan

२० असार, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताए ।

उनले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस