सेयर मार्केट

सेयर बजार सुस्तायो, कारोबार ५ अर्ब रुपैयाँमा सीमित

stock market

२० असार, काठमाडौं । पछिल्ला दिनहरुमा तीब्र गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्सेमा आइतबार थप ८.४८ अंकको गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत सामान्य (०.३३) अंकले घटेर ५२८.४५ विन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ६० हजार १७५ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको मात्र कारोबार भएको छ ।

आज होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहहरु धनात्मक हुँदा अन्य अधिकांश समूहहरु ऋणात्मक भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस