समाचार

बैतडीमा जीप दुर्घटना : तीनको मृत्यु, ११ जना घाइते

accident

२० असार, बैतडी । सिगास गाउँपालिका– ३ बाट डडेलधुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरुमा  सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीपका  चालक १९ वर्षीय खगेन्द्र साउद र जीप धनी ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र  दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस