मुख्य समाचार

चितवनमा ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिंँदा एक जनाको मृत्यु, तीन घाइते

truck accident chitwan

२० असार, चितवन । भरतपुरमा ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । यस्तै, तीनजना घाइते भएका छन् ।

नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित तर्फबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई भरतपुर महानगरपालिका १ आँपटारीस्थित पानीटंकी ओरालोमा ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर पछाडि बसेकी देवघाट गाउँपालिका १ तनहुँ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको छ ।

दुर्घटनाका घाइते भरतपुर महानगरपालिका ११ का ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै देवघाटकै ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीया सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस