२० असार, काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन् ।
बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेकी श्रेष्ठले स्टान्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनी तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पनि थिइन् ।
श्रेष्ठले व्यवसाय प्रशासनमा स्नातकोत्तर अध्ययन गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस