समाचार

कोरोना संक्रमणबाट नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको निधन

jagat jung thapa

२१ असार, काठमाडौं । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले जानकारी दिए ।

शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो ।

थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता हुन् । उनी पञ्चायत कालमा नेपाल युवक संगठनको भेरी अञ्चल हुँदै ०४७ सालमा बहुदल पश्चात नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

२०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण ०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो । हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य, पार्टीको महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य समेत हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस