बैँक / वित्त

सेञ्चुरी कमर्सियल बैंकका सीईओ गौतमले दिए राजीनामा

gautam

२१ असार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)तुलसीराम गौतमले राजीनामा दिएका छन् ।

व्यक्तिगत कार्य व्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते बैंक संचालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट गौतमले राजीनामा पेश गरेका हुन् ।

उक्त राजीनामा पत्र संचालक समितिमा विचाराधीन अवस्थामा रहेको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस