कर्णाली प्रदेश

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

arrest

२१ असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतको विसं २०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई दुई वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *