कर्पोरेट

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सम्झौता

jbbl aggrement

२१ असार, काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल का तर्फबाट रेबानका अध्यक्ष श्री अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । सम्झौता पश्चात् ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।

व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता,उद्यमशीलता विकासका निमित्त रेबान संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस