समाचार

ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधन

ramji kunwar

२१ असार, काठमाडौं । नेपाली काँग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।

ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा लेकसाइड निवासी कुँवरको सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको हो ।

कुँवरले नेपाली काँग्रेस कास्कीमा असल नेताको पहिचान बनाएका थिए । गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका प्रत्यासी बनेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस