समाचार

कालिकोटमा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

accident

२२ असार, सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रास्कोटबाट क १ ज २३ नम्बरको उक्त जिप जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा चार जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । जिपमा चालकसहित १२ जना सवार थिए । ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *