विश्व/प्रवास

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

air craft

२२ असार, काठमाडौं । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस