
२२ असार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जको उपनिर्देशकमा डा.सन्तकुमार दास नियुक्त भएका छन् ।
दुई वर्षको कार्यकालका लागि डा. दासलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्रा. डा दिव्यासिंह शाहले उपनिर्देशकमा नियुक्त गरेकी हुन् । डा. दासलाई अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए ।
अस्पतालमा उपनिर्देशकको दुई पदमध्ये एक पदमा प्रा.डा सुवास आर्चाय छन् भने अर्का निर्देशकमा डा.दासलाई नियुक्ती गरिएको हो । फोक्सो रोग विषेशज्ञ डा. दास शिक्षण अस्पतालको कोभिड युनिटको संयोजक समेत हुन् ।
प्रतिक्रिया दिनुहोस