२२ असार, काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो ।
यस दिन बैंकिङ समूह ३.६ अंकले बढ्यो भने नेप्से ५ अंकले घटेको छ । ५.२४ अंकले घटेर नेप्से २८१८ अंकमा झरेको छ । कारोबार रकम ४ अर्ब २२ करोडमा खुम्चिएको छ । यस दिन बैंकिङका अलवा निर्जीवन बीमा समूह १६६ अंकले बढ्यो ।
त्यस्तै उत्पादन ६३, माइक्रोफाइनान्स १ र जीवन बीमा ४ अंकले बढ्यो । तीबाहेकका सबै समूह घटेका छन्। ब्यापार ३९, होटल तथा पर्यटन २५, विकास बैंक १, जलविद्युत ४८ र फाइनान्स समूह १ र अन्य समूह १० अंकले घटे ।
यस दिन राष्ट्रिय बीमा कम्पनीको मूल्य ८ प्रतिशतले बढ्यो । त्यस्तै माउन्टेन इनर्जीको ५ प्रतिशतले मूल्य बढेको छ । यस दिन जलविद्युत लगानी तथा विकास कम्पनी र माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ ।