बागमती प्रदेश

दाङमा असार ३१ गतेसम्म थपियो निषेधाज्ञा

dang ghorahi

२२ असार, घोराही । कोरोना संक्रमणको जोखिम अझै जारी रहेको भन्दै दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई थप गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले लकडाउनलाई असार ३१ गते सम्म जारी राख्ने निर्णय भएको बताए ।

यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निर्णयमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निर्णयलाई यथावत राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *