कर्पोरेट

डिशहोम फाइबर नेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार

dish home internet

२२ असार, काठमाडौं । डिशहोमले फाइबरनेट सेवा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्येनजर गरि कम्पनीले सन् २०२० देखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित  डिशहोमका ग्राहकहरूका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।   कम्पनीले १० एमबीपीएसदेखि सय एमबीपीएससम्म इन्टरनेट सेवा दिदैआएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवार, ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । कम्पनी बर्दिवास, बुटवल, ढल्केबर र शंखमुलमा सेवा विस्तार गरेको छ । पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंजलगायत अन्य स्थानमा छिट्टै सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस