समाचार

श्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुई जना पक्राउ

pakrau

२२ असार, बुटवल । रुपन्देहीमा प्रहरीले श्रोत नखुलेको ३१ लाख  ९० हजार रकम सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो भैरहवाबाट ३१ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाका अनुसार बेलहिया नाका नजिकै सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडबाट स्थानीय विनय कलवार र भारत नौतनवाका सुरज गौण पक्राउ परेका हुन् ।

उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गर्ने क्रममा झोलामा लुकाएर राखेको अवस्थामा उक्त रकम भेटिएको उनले बताए । उनीहरुको साथबाट बरामद भएको रकमबारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस