समाचार

पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

accident

२३ असार, काठमाडौं । बुधबार बिहान ६ बजेको समयमा पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुङ्गा लोड गरी बुटवलतर्फ फर्किने क्रममा लु २ ख ८२० नम्बरको ट्रिपर सडकदेखि करिव ३ सय मिटर तल खोलामा  खस्दा त्यसका चालक पुर्वखोला गाउँपालिका– ५ बिरकोटका २६ बर्षीय सुदिप गैरेको मृत्यु भएको हो ।

पाल्पाका प्रहरी प्रबक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गम्भीर घाइते चालक गैरेलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ल्याईएको र डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेको र एआरएम कन्स्ट्रक्सन प्रालिको उक्त ट्रिपर  रहेको डिएसपी त्वातीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *