सेयर मार्केट

युनियन लाइफले भोलिदेखि ६४ करोड ५० लाख बराबरको आईपीओ जारी गर्दै

ipo

२३ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थागत कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सार्वजनिक गर्न लागेको हो ।

कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये, समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागनीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ भने, माग अनुसार आवेदन नपरेको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदन समयावधी बढाउने जनाएको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस