सेयर मार्केट

आजको सेयर बजार : १६.९७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ४ अर्बमा खुम्चियो

share market

२३ असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से करिब १७ अंकले घटेको छ । १६.९७ अंकको गिरावटपछि परिसूचक २८०१ अंकमा कायम भएको छ । यस दिन ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन विकास बैंक र माइक्रोफाइनान्स समूह बढेका छन् भने अरु सबै घटेका छन् । विकास बैंक ११ र माइक्रोफाइनान्स १९ अंकले बढेका छन् । बैंकिङ ३, ब्यापार १२, होटल तथा पर्यटन ७४, जलविद्युत ५९, फाइनान्स ३२, निर्जीवन बीमा १४४, उत्पादन १३३, अन्य १८ र जीवन बीमा समूह ७५ अंकले घटेका छन् ।

सेन्चुरी कमर्सियल बैंक संस्थापक समूहको मूल्य सबैभन्दा धेरै साढे ३ प्रतिशतले बढेको छ । त्यस्तै प्राइम कमर्सियल बैंक संस्थापक समूहकै मूल्य पनि ३.५ प्रतिशतले बढेको छ । यस दिन माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ । सो कम्पनीको मूल्य ५ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँले घटेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ६७७ रुपैयाँमा झरेको छ ।

त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य पनि ५ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँले घटेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ४५७ रुपैयाँमा झरेको छ । राधी विद्युत, शिवश्री हाइड्रो, घलेम्दी हाइड्रो तथा युनिभर्सल पावर, ओरेन्टल होटल तथा सेन्ट्रल फाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस