२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आयोगको कार्यालय पुगेर पूर्वमाओवादी नेता लीलबहादुर थापासहितका नेताहरूले निवेदन माओवादी केन्द्र अवैधानिक भएको भन्दै खारेजीको माग गर्दै निवेदन दिएका हुन् ।
माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए । ०६९ पछि महाधिवेशन नभएको पार्टीको अवैध कमिटीले निर्वाचित जनप्रतिधितिलाई कारबाही गर्न नमिल्ने भन्दै निवेदन दिएको उनले बताए ।
एमालेका केन्द्रीय सदस्य रहेका पूर्वमाओवादी नेताहरु मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायत आयोगको कार्यालय पुगेका थिए ।
नेकपा खारेज हुँदा एमालेमा गएका प्रतिनिधिसभाका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रमु साह, गौरीशंकर चौधरी तथा राष्ट्रियसभामा रामबहादुर थापा ‘बादल’, चन्द्रबहादुर खड्कालगायत प्रतिनिधि कारबाहीमा परेका थिए ।