विश्व/प्रवास

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या

haiti

२३ असार, काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोसेको उनको नीजि निवासमा आक्रमण गरी गोली हानी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् ।

जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी  समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका हुन् । उक्त आक्रमणमा फर्स्ट लेडी पनि घाइते भएको बताइएको छ ।

जोसेपले सरकारलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गरिएको जानकारी दिए । ५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *