मुख्य समाचार

नेपालमा संक्रमितको संख्या फेरि बढ्न थाल्यो, २९७९ जनामा संक्रमण पुष्टि

kathmandu traffic

२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९८ जनामा गरिएको परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ८ सय ३५ जनाको पीसीआर विधि र ४०६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३ सय ३३ संक्रमित निको भएर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ भने निको हुनेहरुको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *