विश्व/प्रवास

विद्यार्थीलाई भिसामा कडाई गर्ने निर्णयबारे पुनर्विचार गर्न बेइजिङको अमेरिकालाई आग्रह

china student

२३ असार, चीन । चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका चिनियाँ अधिकारीले दावी गरेका छन् ।

यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भने, “अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ ।”

उनले थपे, “यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पु¥याउँछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ ।”

तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुर्नविचार गर्नुहुने विश्वास उनले व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस