लुम्बिनी प्रदेश

दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, आमा र दिदी घाइते

newborn baby

२४ असार, दाङ । अविरल वर्षापछि घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर घर भत्किँदा शिशुको मृत्यु र उनकी आमा र दिदी घाइते रहेको प्रहरीले जनाएको छ ।

घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

घाइते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनास्थलबाट शिशुको शव निकालिएको छ। घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *