सुनचाँदी

बिहिबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

gold

२४ असार, काठमाडौं । आज पनि बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *