२४ असार, काठमाडौं । कारोबारमा साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २३ अंकले बढेको छ । २३.७ अंकले बढेर परिसूचक २८२४ अंकमा कायम भएको छ । यस दिन ४ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन २२३ कम्पनीको सेयर कारोबार भएको छ । यस दिन बैंकिङ १७, होटल तथा पर्यटन १४, विकास बैंक ८९, जलविद्युत ५२, फाइनान्स ६४, निर्जीवन बीमा ४, उत्पादन २३, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूह ४२ अंकले बढेका छन् ।
अन्य १२ र ब्यापार समूह २० अंकले घटेका छन् । यस दिन गुहेश्वरी मर्चेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ६ प्रतिशतले बढेको छ । जोशी हाइड्रो, घलेम्दी हाइड्रो, मल्टिपर्पोज फाइनान्स र सिभिल लघुवित्तको मूल्य ५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।