लुम्बिनी प्रदेश

दाङमा भरुवा बन्दुकसहित एक युवक पक्राउ

arrest

२४ असार, दाङ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुन मगर रहेका छन् । स्थानीय तिलकन्या सामुदायिक वनमा शिकार खेल्ने गइरहेका बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार शिकार खेल्न पुगको गोप्य सूचनाका आधारमा तुल्सीपुर इलाका प्रहरी कार्यालय र गोल्टाकुटी प्रहरी चौकीको संयुक्त टोलीले पुन मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *