समाचार

दाङमा घरको पर्खाल भत्किँदा शिशुको मृत्यु

death baby

२४ असार, दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार चौधरीसहित उनकी नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै शिशुको शव परीक्षण लागि प्रतिष्ठानमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस