मुख्य समाचार

आज यी नदीमा बाढीको उच्च जोखिम (सूचीसहित)

flood

२५ असार, काठमाडौं । आज तिनाउ, बबई र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बाढी आइ सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानको मापन अनुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीहरुमा बहाव सामान्य रहेको र सवैमा सतर्कता तहभन्दा तलै रहेकोछ । आज कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव समान्य घटबढ हुने तथा पश्चिम राप्ती, तिनाउ, बबई र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

आज संखुवासभा, सोलुखम्बु, भोजपुर, ओखलढुंगा, तेह्रथुम, खोटाङ, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सप्तरी, पर्सा, सिरहा, धनुषा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, काठमाडौं, धादिङ, मकवानपुर, सिन्धुली, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, बागलुङ, कास्की, मनाङ, पाल्पा, रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दिया, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, बर्दिया, दाङ, प्युठान जाजरकोट, सुर्खेत, कालीकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, दार्चुला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, बाजुरा र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस