सुनचाँदी

बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ४०० पुग्यो

gold shop

२५ असार, काठमाडौं । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस