
२५ असार, रौतहट । रौतहटको सदरमुकाम गौरस्थित नालामा खसेर एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका ५ का ५५ वर्षीय नैमुदिन मन्सुरिको नालामा खसेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार अपरान्ह ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अबेर बजारबाट आफ्नो घरतर्फ जाने क्रममा खुट्टा चिप्लिएर गौर ५ स्थित नालामा खसेपछि बाहिर निक्लिन नसकेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिए ।
मृतक मंसुरिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस