अर्थनीति

विश्व बैंकले १० करोड डलर सहयोग गर्ने

world bank

२५ असार, काठमाडौं । नेपालको शिक्षा एवं स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड डलर सहयोग गर्ने भएको छ । बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि ५/५ करोड डलर सहयोग गर्ने जनाएको छ ।

बैंकले सरकारी विद्यालय विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणाली सुधारका लागि सहयोग गर्दै आएको छ ।

नेपाल, मालदिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद जारभोसले भने, “नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल छ । यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई सहयोग पुग्नेछ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *