विश्व/प्रवास

बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु

bangladesh fire accident

२५ असार, काठमाडौं । बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो । बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो ।

दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’ उनले उद्धारकार्य जारी रहेको बताएका छन् । देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ ।

रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *