कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शाही अचानक सिमकोटमा

Mahendra Bahadur shahi

–दाने बोहरा
२५ असार, हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक सिमकोट आएका छन् । लामो समयदेखि प्रदेशसभा बैठक अवरुद्ध  हुँदा यही असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।

मुख्यमन्त्री शाही अपराह्न  सिमकोट आइपुग्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही नेता जीवनबहादुरसँगै हुम्ला आएका थिए ।

त्यसबेला उनीहरुका बीचमा सत्ता साझेदारका विषयमा  सल्लाह भएको बताइएको छ । प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित योजनाको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाका बारेमा बुझ्न मुख्यमन्त्री शाही नेतृत्वको टोली यहाँ आएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *