समाचार

तीन वर्षका विवेकको हत्याको रहस्य खोतल्दै प्रहरी, आरोपी १५ वर्षीया युवतीसँग कस्तो थियो सम्बन्ध ?

bead body tag

२६ असार, काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको । केही दिनअघि साढे तीन वर्षका विवेकको हत्या भएको छ। विवेक हत्याको आरोप शकुन्तलामाथि लागेको छ ।

उनीहरूको घर जाने बाटो एउटै छ। दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ। शकुन्तला र विवेकका बाजे दुई भाइ हुन्।उनीहरूको परिवारबीच खासै ठूलो झैझगडा पनि छैन, थिएन ।

विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झगडा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झैझगडा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै । त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस