समाचार

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

rail way

२६ असार, काठमाडौं । कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर  अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै  पारवहनका  लागि  नेपाली  रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हा ।

सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

सम्झौतामा नेपालका तर्फबाट सचिव भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका  एडिसनल मेम्बर  सुशान्तकुमार मिश्राले हस्ताक्षर गरेका छन् । शुक्रबार  लेटर अफ एक्सचेन्जमा सहमति हुनुपूर्व नै नेपालका तर्फबाट असार  १४ गते नै संशोधित सम्झौता पेस भएको  थियो ।

त्यस्तै भारतले असार १५ गते उक्त सम्झौतामा हस्ताक्षर गरेको  थियो । शुक्रबार  एक भर्चुअल कार्यक्रममार्फत दुवै तर्फबाट हस्ताक्षर  गरिएको पत्र आदानप्रदान भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *