समाचार

तरकारीको मनपरी भाउ

kalimati vegetables shop

२६ असार, काठमाडौं । पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको  मागअनुसार आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो ।

चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक  छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन  तेलसमेत  गर्दा  एक छाक  तरकारीको  १८०  रुपियाँ  परेको  अनुभव कीर्तिपुर  निवासी  रमिला  आचार्यको  छ ।

पहिले दुई/तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाए ।

उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा  उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको  भाउ  छोइसक्नु छैन ।  निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस