कर्णाली प्रदेश

आज दिनभर कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

Bulb electric

२६ असार, सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।

कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले  विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले जानकारी दिए ।

उनले भने ,‘ अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विद्युत् अवरुद्ध हुनेछ। कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन आसपासमा प्राधिकरणले रुखका हाँगा हटाउँदै आएको छ ।’

सबै जिल्लाको मुख्य लाईन एउटै भएकाले एक ठाउँमा विद्युत लाईन विग्रिएको खण्डमा सबै जिल्लामा अवरुद्ध हुने समस्या छ। पछिल्लो केही दिनदेखि कर्णालीमा विद्युत झ्याप्प झ्याप्प जाने–आउने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस