मुख्य समाचार

विवाहित महिलालाई बलात्कार गरेको आरोपमा नेपाली काँग्रेसका नेता पक्राउ

rape

२६ असार, रौतहट । एक विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् ।

उनीबिरुद्ध स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ थिए। तर, बजार भन्दा केहीवरै पर्ने किनारको कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरी लिएर आएपछि थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले बताए ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भैसकेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *